२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गर्नुभयो । य दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको बताउनु भयो । उचित संयोजन र सन्तुलन कायम हुनसके, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसके र एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्नसके भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।’

‘यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताउनु भयो । मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभइ यि दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्ने बताउनु भयो । उहाँले मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गर्नुभयो । उहाँले सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘सबैतिर मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेका छन् । सुशासनका प्रश्नमा हामी कतै न कतै चुक्ने गरेका छौँ । सुशासनका प्रश्नमा कहाँ हामी चुकेका छौँ । सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा आजको यस कार्यक्रममा यहाँहरुबाट सार्थक छलफल होस् । अहिले एउटा प्रश्न मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि हाम्रो समाजमा छलफलको, चर्चाको टिप्पणी र प्रतिटिप्पणी हुने गरेको छ । यो स्थिति देख्दा दुःख लाग्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना हाम्रो राज्य प्रणालीले असमझदारीको कल्पना गरेको छैन । यि दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको छ ।’

‘वित्त नीति र मौद्रिक नीतिका बीचमा उचित संयोजन र सन्तुलनको अपेक्षा गरिएको छ । उचित संयोजन र सन्तुलन कायम हुनसक्यो, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसक्यो । एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने एप्रोचका साथ अघि बढाउन सक्यौँ भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्छ । कदाचित यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पार्दछ । मौद्रिक नीति र वित्त नीति यि दुईमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने होइन, हामी यि दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्छौँ । आज अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा अर्थमन्त्री र गभर्नरका बीचमा, वित्त नीति र मौद्रिक नीतिका बीचमा त्यस प्रकारको दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन् । हामी आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्नेछौँ । मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्नेछौँ ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै आफूहरुको जिम्मेवारी समस्या छ भनेर समस्याको वर्णन गर्नमा सिमित हुनु नहुने बताउनु भयो । कार्यकारी जिम्मेवारीमा रहेकाहरुको काम समस्या देख्ने र समाधान गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।