४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलहरूको बैठक बस्दै



fille
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

अध्यक्ष दाहालले रास्वपा, एकीकृत समाजवादीलगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन् । यद्यपि, राप्रपालाई भने प्रतिपक्षी दलहरूको बैठकमा बोलाइएको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले केही दिनदेखि सदन अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको पनि माग गरिरहेका छन् ।

दलहरूबीच अहिलेसम्म सहमतिको गाँठो नफुकेकाले आजको संसद् बैठक सञ्चालन हुने वा नहुने यकिन भइसकेको छैन ।