२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानी र हृदयेन्द्रले गरे चन्दननाथ मन्दिरमा पूजा अर्चन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले आज जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

हिमानी ट्रष्टको कार्यक्रममा केही दिनयता जुम्लामा रहनुभएका पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रले आज चन्दननाथ मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको हो ।

जुम्लाको खलंगास्थित चन्दननाथ जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ ।

करिब दशौँ शताब्दी तिर भारतको कस्मिरबाट चन्दननाथ नाम गरेका महात्मा जुम्ला घुम्न आएका थिए । जुम्लाका तत्कालिन खस राजा कल्याल वंशी ठकुरीले उनलाई गुरु मानेर यतै बसालेका थिए । चन्दननाथ दत्तात्रय भगवानका भक्त थिए । उनी जुम्लामा दत्तात्रय मन्दिर स्थापना गरेर बस्न थाले । चन्दननाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम पनि चन्दननाथ मन्दिर रहन गयो । चन्दननाथले त्यहाँ एक भैरवनाथ मन्दिर पनि स्थापना गरेका थिए । चन्दननाथले कश्मिरबाट जुम्लाको प्रशिद्ध मार्सी धानको बिउ ल्याएका थिए ।