९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्का बर्खास्त



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल महासेनानी अनिल खड्का बर्खास्त भएका छन् ।  उनीहरू दुबैलाइ सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको नेपाली सेना जंगी अड्डाले जनाएकाे छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको नेपाली सेनाले जनाएकाे छ । 

पद्धति र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको पनि सेनाले स्पष्ट गरेकाे छ ।