२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाई भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले राजदूत एलजेब्लीलाई सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएकामा उहाँप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।