५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताउनुभएको छ ।

काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आईतवार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेलाडीले गौरव गर्नेगरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नेपाली खेलाडीहरू खेलेको खेल नेपालीहरूले आँखा नझिम्काई हेर्ने गरेको जिकिर गर्नुभयो । मन्त्री पौडेलले खेलाडीहरूसँग कुनै नाता तथा निजी सम्बन्ध केही नभए पनि देशको सम्बन्ध रहेको बताउँदै नेपाली खेलाडीहरूले जित्दा आफ्नो इज्जत बढ्छ भन्ने लाग्ने बताउनु भयो । उहाँले विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुने बताउँदै युवालाई विधिवत् ढङ्गबाट प्रतिष्पर्धाको पद्धति अभ्यास गर्न खेलकुदले सिकाउने धारणा राख्नुभयो । उहाँले खेलकुदले समाज जोड्ने काम गर्ने बताउँदै राष्ट्रिय एकता समेत प्रश्तुत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “विधिको शासन भएको देशमा मात्रै नागरिकहरू सम्मानित हुन्छन् । आम युवालाई प्रतिष्पर्धाको पद्धति विधिवत ढङ्गबाट अभ्यास गर्न खेलकुदले सिकाउँछ । समाज जोड्ने काम खेलकुदले गर्छ । राष्ट्रिय एकता प्रश्तुत गर्ने काम खेलकुदले गर्छ । नागरिकलाई एकै ठाउँमा गौरव गर्नेगरी खेलाडीले नागरिकलाई जोड्न सक्नुहुन्छ । नेपालको खेलाडी कुनै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जानुभएको छ र खेलिरहनुभएको छ भने त्या लाइभ अवधि भरी आँखा नझिम्काई हामी नेपालीले हेरिरहेका हुन्छौँ । तपाईंहरूले गोल हान्न लाग्नुभयो भने हामी यहाँ उफ्रिरहेका हुन्छौँ । तपाईंसँग कुनै नाता त पर्दैन, निजी सम्बन्ध त केही छैन तर देशको सम्बन्ध छ । तपाईंले जित्दा मेरो इज्जत बढ्छ भन्ने मलाई लाग्छ । त्यसैले तपाईं त्यो गौरव दिने पात्र हुनुहुन्छ ।” 

उहाँले खेल खेल्नको लागि खेलाडीहरूको स्वास्थ्य राम्रो हुनुपर्ने बताउँदै खेलाडीको स्वास्थ्य राम्रो बनाउन राज्यले सुविधा दिन जरुरी रहेको बताउनु भयो ।