५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो सुनको खेतीमा रमाउँदै रवाण्डाका किसान



अ+ अ-

काठमाडौँ । रवाण्डाको पूर्वी प्रान्तको न्यागातारे जिल्लामा गाशोरा फार्म पीएलसीले खुसार्नी मात्रै उब्जाउँदैन । यसले कृषि परिवर्तन र अन्तरमहाद्वीपीय सहकार्यको कथा पनि खेती गरिरहेको छ ।

फार्मको चीनको बजारसँगको सम्बन्ध सन् २०१८ मा शुरु भयो । जब प्रवन्ध निर्देशक डियुडोने ट्वाहिरवाले शाङ्घाईमा आयोजित चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिनुभयो । अर्को वर्ष, चीन–अफ्रिका आर्थिक र व्यापार एक्स्पोमा उनको सहभागिताले चिनियाँ बजार अन्वेषण गर्न उहाँको आत्मविश्वासलाई थप बलियो बनायो ।

सन् २०२४ मा किगालीमा मुख्यालय रहेको गाशोरा फार्मले हगलबलको सहायक कम्पनीसँग साझेदारी गरी रवाण्डा–हुनान मरिच उद्योग प्रदर्शन परियोजना शुरु गरेको थियो । ठेक्का खेती मोडलअन्तर्गत यो परियोजनाले १०० हेक्टर क्षेत्र समेट्छ र बिरुवा खेतीदेखि निर्यातसम्मको सम्पूर्ण मूल्य श्रृंखला समावेश गर्छ ।  सम्झौता भएपछिको पहिलो सिजनमा २०० टन सुकेको खुसार्नी चीन पठाइएको छ । रवाण्डाको मरिच थोक बजारमार्फत चिनियाँ शहरहरूमा प्रवेश गरेको छ । जसले उपभोक्ताहरूको मान्यता प्राप्त गरेको छ ।

आगामी चौथो चीन–अफ्रिका आर्थिक र व्यापार एक्स्पो जुन जुन १२–१५ मा हुनान प्रान्तको राजधानी चाङ्सामा आयोजना हुने तालिका छ । यस्ता सफलताका कथाहरू प्रदर्शन गर्नेछ र अफ्रिकी र चिनियाँ सरोकारवालाहरूबीच नयाँ साझेदारीलाई सहज बनाउनेछ ।