• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

फ्रान्स, जर्मनी, अस्ट्रिया र इटालीमा खोप विरोधी प्रदर्शनकारीहरूको जुलुस



कोभिड–१९ खोप आवश्यकताका विरुद्धमा प्रदर्शनकारीहरू पश्चिमी यूरोपभर सडकमा उत्रिएका छन् र फ्रान्समा मात्रै एक लाखभन्दा बढी मानिसले खोप नगरिएकाहरूको अधिकारलाई प्रतिबन्ध लगाउने सरकारको योजनाको विरोध गर्न जुलुस निकालेका छन्।

फ्रान्सेली राजधानी पेरिसमा प्रदर्शनकारीहरू अधिकांशले मास्क नलगाई शनिबार चिसो र वर्षाको सामना गर्दै ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘नो टु भ्याक्सिन पास’ लेखिएका प्लेकार्डहरू बोकेका थिए।

फ्रान्सले शुक्रबार एकै दिनमा तीन लाखभन्दा बढी कोभिड–१९ सङ्क्रमण रेकर्ड गरेको छ । देशको तल्लो सदनले बिहीबार एक सरकारी विधेयकलाई अनुमोदन गरेको छ जसमा व्यक्तिहरूले खाना खान, यात्रा गर्नुअघि र इन्टरसिटी ट्रेनहरूमा वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिनुअघि कोरोनाभाइरस विरुद्ध पूर्णरूपमा खोप लगाएको प्रमाणित गर्नुपर्नेछ। 

सरकारले नयाँ आवश्यकताहरू जनवरी १५ सम्म लागू हुने अपेक्षा गरेको छ । यद्यपि सिनेटका विधायकहरूले अब प्रक्रियामा ढिलाइ गर्न सक्छन्।

फ्रान्सेली गृह मन्त्रालयले फ्रान्समा शनिबारको प्रदर्शनमा एक लाख पाँच हजार २००  जनाले भाग लिएको जनाएको छ । तीमध्ये १८ हजार राजधानी पेरिसमा थिए र जहाँ पुलिसले १० जनालाई  गिरफ्तार गरेको थियो भने तीन अधिकारी सामान्य घाइते भएका थिए । अन्यत्र २४ जनालाई पक्राउ गरिएको र सात प्रहरी सामान्य घाइते भएको मन्त्रालयले जनाएको छ ।

अस्ट्रियाको राजधानी भियनामा पनि ४० हजारभन्दा बढी मानिसले विरोध प्रदर्शन गरे । त्यहाँ कोभिड–१९ विरुद्धको खोप अर्को महिनादेखि अनिवार्य हुने तय गरिएको छ। त्यहाँ प्रदर्शन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।

जर्मनीमा, प्रदर्शनकारीहरूले शनिबार धेरै शहरहरूमा जुलुस निकाले । प्रहरीका अनुसार ह्याम्बर्गमा  लगभग १६ हजार  मानिसहरू उपस्थित थिए।

सामान्य खोप आदेश लागू गर्ने विचार गरिरहेको जर्मनीले गत महिना पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन थालेको छ ।

इटालीमा पनि विरोध प्रदर्शनहरू भएका छन् । टुरिन शहरका सयौँ मानिसले ५० वर्षभन्दा माथिका जो कोहीलाई पनि खोप अनिवार्य बनाउने नियमहरूको विरूद्ध विरोध गरे।

इटालीमा अन्य उमेर समूहका लागि पनि कडा कानून लागू गरिएको छ । त्यहाँ सोमबारदेखि खोप नलगाएकाले सार्वजनिक यातायात प्रयोग गर्न वा रेस्टुरेन्टहरू भ्रमण गर्न सक्ने छैनन् । एजेन्सी