१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स, जर्मनी, अस्ट्रिया र इटालीमा खोप विरोधी प्रदर्शनकारीहरूको जुलुस



अ+ अ-

कोभिड–१९ खोप आवश्यकताका विरुद्धमा प्रदर्शनकारीहरू पश्चिमी यूरोपभर सडकमा उत्रिएका छन् र फ्रान्समा मात्रै एक लाखभन्दा बढी मानिसले खोप नगरिएकाहरूको अधिकारलाई प्रतिबन्ध लगाउने सरकारको योजनाको विरोध गर्न जुलुस निकालेका छन्।

फ्रान्सेली राजधानी पेरिसमा प्रदर्शनकारीहरू अधिकांशले मास्क नलगाई शनिबार चिसो र वर्षाको सामना गर्दै ‘सत्य’, ‘स्वतन्त्रता’ र ‘नो टु भ्याक्सिन पास’ लेखिएका प्लेकार्डहरू बोकेका थिए।

फ्रान्सले शुक्रबार एकै दिनमा तीन लाखभन्दा बढी कोभिड–१९ सङ्क्रमण रेकर्ड गरेको छ । देशको तल्लो सदनले बिहीबार एक सरकारी विधेयकलाई अनुमोदन गरेको छ जसमा व्यक्तिहरूले खाना खान, यात्रा गर्नुअघि र इन्टरसिटी ट्रेनहरूमा वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिनुअघि कोरोनाभाइरस विरुद्ध पूर्णरूपमा खोप लगाएको प्रमाणित गर्नुपर्नेछ। 

सरकारले नयाँ आवश्यकताहरू जनवरी १५ सम्म लागू हुने अपेक्षा गरेको छ । यद्यपि सिनेटका विधायकहरूले अब प्रक्रियामा ढिलाइ गर्न सक्छन्।

फ्रान्सेली गृह मन्त्रालयले फ्रान्समा शनिबारको प्रदर्शनमा एक लाख पाँच हजार २००  जनाले भाग लिएको जनाएको छ । तीमध्ये १८ हजार राजधानी पेरिसमा थिए र जहाँ पुलिसले १० जनालाई  गिरफ्तार गरेको थियो भने तीन अधिकारी सामान्य घाइते भएका थिए । अन्यत्र २४ जनालाई पक्राउ गरिएको र सात प्रहरी सामान्य घाइते भएको मन्त्रालयले जनाएको छ ।

अस्ट्रियाको राजधानी भियनामा पनि ४० हजारभन्दा बढी मानिसले विरोध प्रदर्शन गरे । त्यहाँ कोभिड–१९ विरुद्धको खोप अर्को महिनादेखि अनिवार्य हुने तय गरिएको छ। त्यहाँ प्रदर्शन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ ।

जर्मनीमा, प्रदर्शनकारीहरूले शनिबार धेरै शहरहरूमा जुलुस निकाले । प्रहरीका अनुसार ह्याम्बर्गमा  लगभग १६ हजार  मानिसहरू उपस्थित थिए।

सामान्य खोप आदेश लागू गर्ने विचार गरिरहेको जर्मनीले गत महिना पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिन थालेको छ ।

इटालीमा पनि विरोध प्रदर्शनहरू भएका छन् । टुरिन शहरका सयौँ मानिसले ५० वर्षभन्दा माथिका जो कोहीलाई पनि खोप अनिवार्य बनाउने नियमहरूको विरूद्ध विरोध गरे।

इटालीमा अन्य उमेर समूहका लागि पनि कडा कानून लागू गरिएको छ । त्यहाँ सोमबारदेखि खोप नलगाएकाले सार्वजनिक यातायात प्रयोग गर्न वा रेस्टुरेन्टहरू भ्रमण गर्न सक्ने छैनन् । एजेन्सी