२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकास असन्तुलित भयोः महासचिव पोखरेल

अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकास असन्तुलित भयोः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरुका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताउनुभएको छ ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गर्नुभएको हो । उहाँले राज्यकै नीतिहरुमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिलेपनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पार्नुभयो ।

कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी गर्नुभयो । महासचिव पोखरेलले अहिले समाजमा गणतन्त्रभन्दा पञ्चायत नै ठीक भन्दै पूर्वपञ्चहरु र राजावादीहरुले आर्थिक, सामाजिक र विकासमा राजनीतिक दल र तिनका नेतृत्वले प्रभावकारी काम नगरेको भन्दै जनताका बीचमा भ्रमपूर्ण प्रचारहरु गरिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले एक प्रकारको सामाजिक रुपमा धारणा छ । नेपालका राजनीतिक दलहरु र तीनको नेतृत्व आर्थिक, सामाजिक र विकासका प्रश्नमा चाहीँ प्रभावकारी भएनन् । अझ पूर्वपञ्चहरु र राजावादीहरु त भन्न थालेका छन्, लोकतन्त्रले के दियो ? गणतन्त्रले के दियो ? बरु पञ्चायत नै ठीक थियो भन्ने अर्थमा जनताका बीचमा भ्रमपूर्ण प्रचारहरु गरिरहेको अवस्था छ । पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने त मुलुकले उल्लेखनीय प्रगति गरेको छ । यसमा प्रश्न नउठ्नुपर्ने जस्तो लाग्छ । पञ्चायतको अन्तिम समयमा नेपालको आर्थिक, सामाजिक सूचकहरु के थिए भन्ने कुरालाई आधार बनाएर विश्लेषण गर्ने हो भने नेपालमा निकै ठूलो परिवर्तन भएको छ । तर विश्व अर्थ व्यवस्थामा भएको परिवर्तनअनुसार नेपालको अर्थतन्त्रको विकास भएको छ कि छैन भन्ने कोणबाट हेर्ने हो भने त्यसअनुसार हुन सकेको छैन । त्यसले गर्दा हामी विश्व अर्थ व्यवस्था र मानवीय आवश्यकताका परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति जुन रुपमा अघि बढ्नुपथ्र्यो त्यस रुपमा बढ्न सकेको छैन ।

विश्व अर्थव्यवस्था र नेपालको जनताको आवश्यकताको परिप्रेक्ष्यमा हाम्रो अर्थतन्त्रको गति बढाउने कुरा चुनौतिका रुपमा छ । त्यसमाथि कोडिभ पछाडि प्राय मुलुकहरुको अर्थव्यवस्था ऋणात्मक भयो त्यसैगरी हाम्रो पनि अवस्था त्यही भयो । तर, त्यतिबेला विश्व अर्थव्यवस्थामा जुन प्रकारको नकारात्मक प्रभाव प¥यो त्यसको तुलनामा हाम्रो अर्थव्यवस्थामा नकारात्मक प्रभाव कम परेको हो । त्यसपछि नेपालमा राजनीति यति धेरै अन्तरसंघर्षपूर्ण, उतारचढावपूर्ण र द्वन्दबाट गुज्रियो अनि नेपालको अर्थव्यवस्था एक प्रकारले मन्दीको तहमा प्रवेश ग¥यो । मन्दीको अवस्थामा पुगेको अर्थव्यवस्थाको सबैभन्दा ठूलो मार राज्यको ट्रेजरीमा प¥यो । राज्यको ट्रेजरीमा परिसकेपछि राज्यले दिने सेवा सुविधा र विकास निर्माणका कामहरुमा त्यसको प्रभाव पर्नगयो ।

नेपालको अर्थ व्यवस्थाको मन्दीको ठूलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त आदि इत्यादिमा त्यसको प्रत्यक्ष असर देखियो र आज हामी यसो हेर्दा घरजग्गा कारोबारमा परेको असर सबैभन्दा बढी कहाँ परेको छ भन्दा निर्माण उद्योगमा परेको छ । नेपाल सरकारका थुप्रै आयोजनाहरुका जिम्मा लिएका ठेकेदारहरुले काम नगरिकन हाम्रा आयोजनाहरु रुग्ण अवस्थामा छन् । अर्थात्, हामी कस्ता भयौं भन्दा एकप्रकारले राज्यको अर्थ व्यवस्थालाई परिचालन कुराका सन्दर्भमा बैधानिक तरिकाबाट आर्थिक क्रियाकलापहरु सञ्चालन गर्न सकिरहेकै छैनौं । हाम्रो राज्यका नीतिहरुका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र वलशाली भएर गएको छ । अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ । राज्यकै नीतिहरुमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरु रहँदै आए । अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन ।’

उहाँले पञ्चायत र आजको अवस्थासँग तुलना गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको र पञ्चायतको अन्तिम समयको आर्थिक, सामाजिक सूचकहरुलाई आधार बनाएर विश्लेषण गर्ने हो भने मुलुकले उल्लेखनीय प्रगति गरेको स्पष्ट पार्नुभयो ।