२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगन्जको सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगलाई प्रशोधन नगरी फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै प्रदूषण नियन्त्रणमा लापरबाही गर्ने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानुन तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रहसमेत गरेको छ ।

उद्योग दर्ता, क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

“यदि कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ”, विज्ञप्तिमा उल्लेख छ । रासस