६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प—मस्कबीच आर्थिक नीति र खर्च विधेयकमा एक अर्काको आलोचना



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कले ट्रम्प प्रशासनको व्यापक कर–कटौती र खर्च विधेयकलाई लिएर एकअर्काविरुद्ध तिखो टिप्पणी गरेका छन् ।

मस्कले प्रशासन छोडेको एक हप्तापछि यस्तो टिप्पणी आएको हो । यो कर–कटौती र खर्च विधेयकलाई सुन्दर विधेयकका रुपमा ट्रम्प प्रशासनले लिँदै आएको छ । यो विधेयक ट्रम्पको मुख्य एजेन्डाको हिस्सा हो । यसमा विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने, सीमा सुरक्षामा लगानी वृद्धि गर्ने र कर्पोरेट तथा व्यक्तिगत कर दरहरू घटाउने जस्ता आर्थिक उपायहरू समावेश छन् ।

मस्कले यो विधेयकको कडा आलोचना गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा यो विधेयकलाई घिनलाग्दो पोर्कको पहाडका रुपमा टिप्पणी गरे ।

ट्रम्पले मस्कको असन्तुष्टिको कारण विधेयकले विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने प्रस्ताव रहेको बताए । जसले विद्युतीय सवारी साधन निर्माता टेस्लाका सीईओको रूपमा मस्कको हितलाई असर गरेको थियो ।

ट्रम्पले मस्कलाई पागल भएको टिप्पणी गरे । ट्रम्पको मस्कप्रति आलोचनापछि टेस्लाको शेयर मूल्य १५ प्रतिशतभन्दा बढीले घट्यो । यो वर्षको हिसावले । टेस्लाको सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटिसकेको छ ।

मस्क एक समय ट्रम्पका कट्टर समर्थक थिए । जसले २०२४ मा ट्रम्पको अभियानलाई समर्थन गर्न करिव ३०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए ।