२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको २१ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी



अ+ अ-

काठमाडौं । गोर्खाको फुजेलका १७ वर्षीय बालक कृष्णसाद अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २१ वर्ष पूरा भएको छ ।

अधिकारीको २०६१ साल जेठ २४ गते हत्या भयो । चितवनको रत्ननगर बकुलहर चोकमा उनको गोली हानी हत्या गरिएको थियो । उनको हत्या भएको २१ वर्ष बितिसकेको छ । तर, हत्यारा को थिए ? अझै त्यो मुद्दा गर्भमै रहेको छ ।

यद्यपि, तत्कालीन चितवन माओवादी पार्टीको निर्देशनमा अधिकारीले सुराकी गरेको आरोपमा उनको हत्या गरिएको पार्टीले स्पष्टीकरण दिएको थियो । त्यतिखेर माओवादी युद्ध चरम उत्कर्षमा पुगेको थियो । उक्त हत्याकाण्ड माओवादी युद्धको एक विवादित हत्याकाण्ड भएको छ ।

हत्या भएका कृष्णप्रासाद अधिकारीका परिवारका तर्फबाट भने हत्या माओवादी पार्टीले नभई फुजेलकै छविलाल पौडेललगायतका मान्छेले कृष्णप्रसादको हत्या गरेको भन्दै उनीलगायत १३ जनाको नाममा किटानी जाहेरी दिएका थिए ।

त्यही आधारमा प्रहरीले अघि बढाएको मुद्दाका आरोपीहरु भने निर्दोष सावित भएका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलासले अभियुक्तहरुलाई सफाइ दिने फैसला गरेको हो । यसअघि चितवन जिल्ला अदालतले पनि आरोपीहरु निर्दोष रहेको भन्दै सफाइ दिने निर्णय गरेको थियो ।

२०६१ जेठ २४ गते हत्या गरिएका छोरा कृष्ण अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारीले अनशनको बाटो रोजेका थिए । उनले २०७० सालदेखि अनशन सुरु गरेका थिए । ३ सय ३२ दिन लामो अनशनपछि उनको वीर अस्पतालामा २०७१ असोज ६ गते निधन भएको थियो । अधिकारीको शवको अझै अन्त्येष्टि भएको छैन ।

दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारीले समेत अनशनकै बाटो रोजेकी थिइन् । अहिले पनि गंगामायाको सत्याग्रह जारी छ । तर न्याय पाएकी छैनन् । यो दिनलाई आजीजन सम्झी राख्न उनले हातमा टाटुसमेत खोपेकी छन् ।