५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको गतिरोध अन्त्यका लागि माओवादी रचनात्मक ढङ्गले अघि बढ्ने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढङ्गले अघि बढ्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज बसेको पदाधिकारी बैठकले ‘भिजिट भिसा’का नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

“व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ”, बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, “यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ । सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।”

बैठकमा पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को तेस्रो राष्ट्रिय सम्मेलनका बारेमा अध्यक्षले जानकारी दिनुभएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले वाइसिएलमा सहमतिबाट नेतृत्व चयन गरिने बताउनुभयो ।

प्रवक्ता सापकाटोले द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतबाट आएको आदेशका बारेमा अहिले टिप्पणी गर्ने समय नभएको धारणा राख्नुभयो । “लिखित आदेश आएको छैन, आफ्नै ढङ्गबाट प्रचारप्रसार र व्याख्या गरिएको छ, यसका बारेमा अहिले नै छलफल गर्नुपर्ने र धारणा बनाउनुपर्ने अवस्था होइन, पूर्णपाठ आइसकेपछि मात्रै भन्न सकिन्छ । अदालती आदेशको कुनै अंशमा वा अपूर्ण विषयमा टिप्पणी गर्नु परिपक्वता देखिँदैन”, उहाँले भन्नुभयो ।