५ श्रावण २०८३, मंगलवार
,
Latest
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँः सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो । छलफलमा सबै सदस्यहरुको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उहाँको भनाइ छ ।

सभापति खतिवडाले भन्नुभयो, ‘हामी सबैको चाहना छिटो होस् भन्ने हो । यो अति आवश्यक र महत्वपूर्ण कानून हो । यसलाई छिटो छिटो भन्दा छिटो सकेर सदनमा पठाउने गरी नै छलफल प्रारम्भ गरेका छौँ । यसमा सबै मान्यज्युहरु सकारात्मक हुनुहुन्छ । यसै सन्दर्भमा मिल्छ की सरकारले अर्को ल्याउनुपर्छ, ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि एउटा धारणा आओस् ।’

सभापति खतिवडाले ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि सरकारले एउटा धारणा बनाउनुपर्ने बताउनु भयो ।