४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको संक्रमण अमेरिकामा भयावह, एकैदिन ५४ हजार बढी संकमित



अ+ अ-

गणेश थापा

क्यालिफोर्निया: संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुगेको छ । शुक्रबार एकैदिन ५४ हजार बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या कोरोना महामारी सुरू भएयता हालसम्मै उच्च हो ।

केही दिनयता मृत्यु हुनेको संख्या स्थिर देखिए पनि कोरोना भाइरस संक्रमणका नयॉ विरामीहरू अत्याधिक मात्रामा देखिनुले अमेरिकाबासीमा त्रास पैदा भएको छ । नोवल कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ ।

तीब्रगतिमा बढिरहेको संक्रमितको संख्या समेत २८ लाख माथि पुगेको छ । चार दिनको अवधिमा यहॉ झण्डै दुई लाख बढी मानिसमा भाइरसको संक्रमण फेला परेको छ । यद्यपि अघिल्ला हप्ताहरूको तुलनामा भने मृतकको संख्यामा केही कमि आएको तथ्यांकले देखाएको छ ।

प्रारम्भबाटै नोवल कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार करीव ७ सय जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा झण्डै १३ सय व्यक्तिको ज्यान गएकोमा त्यसको एक दिन अघि मात्रै पनि सॉढे सात यसको हराहारीमा मानिसहरूको मृत्यु भएको थियो ।

यसैगरी केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढिरहेको अमेरिकामा हिजो पनि शुक्रबारकै हाराहारीमा ५२ हजार बढी व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण भेटिएको थयो भने अघिल्लो दिनको संक्रमित संख्या करीव ४७ हजार रहेको थियो ।

प्राप्त तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा मात्रै ३२ हजार बढीको मृत्यु भएको छ भने ४ लाख मानिस संक्रमित भएका छन् ।

न्यूयोर्कमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृतकको संख्या ६ हजार २ सय नाघेको छ भने झण्डै सॉढे दुई लाख मानिसमा संक्रमण देखिएको छ ।

अघिल्ला साताहरूमा दिनहुँ २५ देखि ३० हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्दैआएकोमा हालका दिनमा ५० हजार माथिको संख्यामा नयॉ विरामीहरू देखिएका छन् । बढ्दो कोरोना संक्रमणसँगै मानिसहरू निकै त्रसित र भयवित देखिन्छन् ।कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै सवा पॉच लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत एक करोड १० लाख नाघेको छ ।

यसैबीच आगामी दिनमा दिनमा कोरोना भाइरसको महामारीबाट अमेरिका अझै बढी प्रभावित हुनुकसाथै संक्रमितहरूको संख्या समेत दैनिक एक लाखसम्म पुग्न सक्ने यहॉ सक्रिय स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् ।

अमेरिकामा अघिल्ला केही सातामा कोरोना संक्रमण कमीहुदै जादा विभिन्न राज्यका सरकारहरूले खुलाउदै लगेका व्यापार व्यावसाय तथ कार्यालयहरू पुन: भाइरसको संक्रमण अत्याधिक बढ्नथालेपछि अत्यावश्यक क्षेत्रवाहेक अन्यलाई आफ्ना कामकारवाही सीमित गर्न निर्देशित गरिरहेका छन् ।

कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गएको छ ।