४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी ढकाल भन्नुहुन्छः ताेकिएकै मितिमा महासंघकाे चुनाव हुन्छ, राेक्नुपर्ने कारण छैन



अ+ अ-

काठमाडाैंः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताउनुभएको छ । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताउनुभयो ।

शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी दिन चन्द्रागिरी पुग्नुभएका उपाध्यक्ष ढकालले पत्रकारहरुसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेशन गर्ने गरी नै महासंघका कार्यक्रमहरु अगाडि बढेको बताउनुभयो ।

महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्व लगायत गरी करिब ४ सयको संख्यामा हुने र सामाजिक दुरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने विश्वास आफुले गरेको बताउनुभयो । त्यसका लागि सरकारसँग समेत सहयोगको अपेक्षा महासंघले गरेको उपाध्यक्ष ढकालले बताउनुभयो ।

उहाँले लकडाउन भन्दा पहिला चुनावी क्रियाकलापहरु बढी रहेको र अहिले पनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएका ढकालले चुनावलाई केन्द्रीत गरेर कुनै गुटगत राजनीति नगरेको समेत स्पस्ट पार्नुभयो ।

उपाध्यक्ष ढकालले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघले राख्दै आएको बताउनुभयो । उहाँले सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी पोर्टोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्स लगायतका क्षेत्रलाई पनि सुरक्षित रपमा सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।

सरकारले असार १ गतेदेखि आंशिक रुपमा व्यवसाय गर्ने वातावरण बनाएको तर व्यवसायका क्रियाकलापहरु प्रभावित भएकाले अझै व्यवस्थित पोर्टोकल तयार गरी सबै क्षेत्रलाई खोल्नुपर्ने बताउनुभयो । कुनै एक क्षेत्रमात्रै खोल्दा अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले पर्यटकीय क्षेत्र मात्रै नभई होटल तथा एयरलायन्सलाई समेत खोल्नुपर्ने उहाँको जोड थियो ।