५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्नुभयो । सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताउनु भयो । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उद्यमशिलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशिलताको विकास गर्नुपर्छ । उद्यमशिलताको विकास नगरी जब अपच्र्युनिटी कसरी आउँछ ? हामीले सरकारी जब मात्रै खोज्यौँ भने त कहिले एउटा रिटायर होला र मौका पाउला भन्ने हुन्छ । यो त सिमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि । रोजगारीका अवसरका लागि हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरु रोजगारीका निम्ति बजारमा आउँछन् । एक प्रतिशत रोजगारी सरकारी तवरमा पाउँछौँ । दुई, तीन प्रतिशत हामीलाई चाहिएको हुन्छ । उद्यमशिलतको विकास बाहेक अर्को कुनै उपाय छैन । उद्यमशिलताको विकासमा जोड दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताउनु भयो ।