८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरु कुनैपनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले गृहमन्त्रीले सार्वजनिक रुपमा उठोका प्रश्नहरुको संसदमा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरुले अवसर नदिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनैपनि छानबिन समिति नबन्ने जिकिर गर्नुभयो । संवैधानिक आयोगभन्दा ठूलो कुनैपनि छानबिन समिति हुन नसक्ने उहाँको भनाइ छ । बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरु पछि हटेर संसदको गतिरोध खुलाउन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म संवैधानिक आयोगले गरिरहेको छानबिनको प्रतिवेदन आउँदैन तबसम्म कुनैपनि समिति बन्ने स्थिति देखिदैन । माननीय गृहमन्त्रीज्यूका बारेमा सार्वजनिक रुपमा कसैले प्रश्न गर्यो । त्यसको जवाफ संसदबाट दिन्छु भनेर उहाँले पटक पटक भनिरहनुभएको छ । त्यो अवसर अपोजिसनले दिइरहनुभएको छैन । गृहमन्त्रीको राजीनामा पनि हुनेकुरा छैन । अहिले उहाँले भनेजस्तो कुनै समिति बन्ने कुरा पनि हुन सक्दैन । उहाँहरुले अघि सारेका मागबाट पछि हटेर संसदको गतिरोध खुलाउन भूमिका खेल्नुपर्छ ।’

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।