१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका प्रवक्ता भन्छन्ः आज, भोलिमै संसद खुल्छ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिटै खुल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षहरुले छानविन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताउनु भयो । जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको बताउनु भयो । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘संसद अवरुद्ध छ । दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ । एउटा गृहमन्त्रीको राजीनामाको माग छ । अर्को छानविन समिति गठन होस् भन्ने छ । हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिएपछि पुग्छ । गृहमन्त्रीको विरुद्धमा ठोस प्रमाणसहितको कुनै केही छैन । गृहमन्त्रीको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित होइन । गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि संसद खोल्नुपर्छ । तीन नेताहरुबीच पनि छलफल भएको छ । सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ ।’

मन्त्री गुरुङले यस बारेमा शिर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताउनु भयो ।