११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह

नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह
अ अ+ अ-

काठमाडौँ । नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवारको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरेर नागरिकताको विषय अघि बढाउन आग्रह गरेका हुन् ।

उनीहरुले नेपालको छिमेकमा दुई धेरै जनसंख्या भएका देशहरु रहेको कुरा नबिर्सिन आग्रह गरे । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक  छलफल भएको हो । जसमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नागरिकताको कुरा अत्यन्त गम्भीर रहेको बताउनु भयो । मुलुकको सीमाखुला रहेको र वाह्य देशहरुबाट नेपालमा आएर बस्ने मानिसहरु बढेको कुरा मनन गर्न आग्रह गर्नुभयो । उहाँले वंशजको नागरिकता पाउनको लागि आमा वा बाबु वंशजकै नागरिक हुनुपर्ने कुरा विधेयकमा राख्नुपर्ने बताउनु भयो ।

अध्यक्ष केसीले भन्नुभयो, ‘नेपालमा नागरिकताको कुरा अत्यन्त गम्भीर छ । मुलुकको सीमाखुला छ । अर्कोतिर वाह्य देशबाट मान्छेहरुको ओहिरो लागेको छ । त्यो हामी सबैलाई थाहा छ । वंशजको नागरिकता पाउनको लागि आमा वा बाबु वंशजकै नागरिक हुनुपर्छ । त्यसबाट जन्मिएकोलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ । यहाँ त विभिन्न देशका मान्छेहरु आएर बसिरहेका छन् । त्यही कुरा अरु देशमा जाँदा हामीलाई मिल्दैन । अनि नेपालमा यहाँ विदेशीहरुले पनि वंशजको नागरिकता पाउनुपर्छ भन्नेकुरा आइरहेको छ । यसले नेपाललाई राम्रो गर्दैन । स्पष्ट के हो भने नेपालमा वंशजको नागरिकता पाउनको लागि आमा र बाउ नै वंशजको हुनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नागरिकता दिने विषय वास्तवमा आफ्नो आफ्नो मुलुकको अवस्थाअनुसार जानसांख्यिक, भौगोलिक, परिवेश अनुरुप हुने बताउनु भयो । उहाँले नागरिकता पाउनुपर्ने कोही नछुटुन् र नपाउनेले पाउनु हुँदैन भन्नेकुराको ध्यान राख्नुपर्ने बताउनु भयो । आमाको नामबाट दिनुपर्ने कुरामा पनि केही विमति नरहेको र बुबाको पहिचान नभएको र सम्पर्कमा नभएकोहरुलाई पनि दिनेकुरा विधेयमा गरिएको बताउनु भयो।  पाउनै नपर्ने मान्छेले लिने कोशिस गरेको हो भने त्यसलाई एउटा सजायको व्यवस्था हुुनपर्ने बताउनु भयो ।

सांसद बडूले भन्नुभयो, ‘नागरिकता दिने विषय वास्तवमा आफ्नो आफ्नो मुलुकको अवस्थाअनुसार जानसांख्यिक, भौगोलिक, परिवेश होला । त्यसअनुसार नै हुने हो । कसैले धेरै खुला पनि गर्दछ भने कसैले आफ्नो अवस्थाअनुसारको कानून बनाउने गर्दछ । नागरिकता पाउनुपर्ने कोही नछुटोस् । नपाउनुृपर्नेले पाउने अवस्था खुला धेरै हुन्छ की भन्ने हो । त्यतातिर शतर्क हुनुपर्छ । आमाको नामबाट दिनुपर्ने कुरामा पनि केही विमति रहेन । बुबाको पहिचान नभएको र सम्पर्कमा नभएकोहरुलाई पनि दिने भन्ने आइसकेको छ । पाउनै नपर्ने मान्छेले लिने कोशिस गरेको हो भने त्यसलाई एउटा सजायको व्यवस्था गर्नुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले ब्रिटिश गोरखालाई नागरिकता दिने कुरा एनआरएनएको जस्तो नभएको बताउनु भयो । राज्यले सन्धी सम्झौता गरेर पठाएको हुनाले उनीहरुलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्नुभयो ।

सांसद राईले भन्नुभयो, ‘ब्रिटिश गोरखालाई नागरिकता दिने कुरा एनआरएनएको जस्तो होइन । राज्यले सन्धी सम्झौता गरेर राज्यले पठाएका हुनाले उहाँले जे विषय भनिरहनुभएको छ । वंशजको नागरिकता त्यो हामीले दिनुपर्छ । उनीहरु आफैँ गएका त होइनन् । राज्यले अनुकुलतामा उनीहरुको प्रयोग गरेको छ । उनीहरुको माग जायज छ । हामीले यसलाई पनि सम्बोधन गर्नुपर्छ ।’

नेपाली काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले कोही नेपाली नागरिक अनागरिक हुन नहुने र छल कपट  गरेर नागरिकता लिएकाहरुलाई कारबाही गर्नुपर्ने बताउनु भयो । ब्रिटिश गोरखा भर्तीमा जानेहरुको बारेमा उनीहरुका मागहरु सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो ।

सांसद न्यौपानेले भन्नुभयो, ‘कोही पनि नेपालीहरु अनागरिक नहुन्, जो नेपाली छैनन् । छल कपट  गरेर नागरिकता लिइरहेका छन्, त्यसको बाटो कसरी रोकिन्छ, रोक्नलाई भरसक प्रयास गरौँ । ब्रिटिश गोरखा भर्तीमा जानेहरुलाई राज्यले नै पठायो तर नेपाली हुन चाहेर पनि नेपाली नहुने परिस्थिति बन्छ की भन्ने उहाँहरुको विषय छ, नेपाल प्रतिको जुन माया छ, सम्मान छ, त्यसलाई कसरी सम्मान गर्न सकिन्छ, त्यो गरौँ ।’

नेपाली काँग्रेसकै सांसद हृदयराम थानीले नेपाली नागरिकलाई नागरिकता दिन कन्जुस्याँई गर्न नहुने तर शतर्कता अपनाउनुपर्ने बताउनु भयो । दुई ठूला मुलुकहरुको बीचमा नेपाल रहेकाले पनि सबैलाई नागरिक दिँदा कागजपत्रमा कडाइ गर्न जरुरी हुने बताउनु भयो । बाबुको पहिचान नभएको अवस्थामा आमाले सन्तानलाई नागरिकता दिलाउँदा कुनै पनि झन्झट र समस्या नहुनेगरी ऐनको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

सांसद थानीले भन्नुभयो, ‘नेपाली नागरिकले नागरिकता पाउनैपर्छ, त्यसमा कुनै कन्जुस्याँई गर्नु हुँदैन, कसैले पनि रोक्ने काम गर्नु हुँदैन । रोक्न पनि हुँदैन । ऐन ढुंगामा लेखिएको कुरा पनि होइन । यसलाई चेन्ज गर्न सकिन्छ । तर चेन्ज गर्दा हामीले अत्यन्तै बुद्धि, विवेक लगाउनुपर्छ । हामी अहिले दुई ठूला मुलुकहरुको बीचमा पनि छौँ । त्यसतर्फ पनि ध्यान दिनुपर्छ । राष्ट्रियता, सुरक्षा धेरै कुराहरु मिलाएर लैजानुपर्ने अवस्था छ । बाबुको पहिचान नभएको अवस्थामा आमाले सन्तानलाई नागरिकता दिलाउँदा कुनै पनि झन्झट र समस्या नहुनेगरी ऐनको व्यवस्था गर्नुपर्छ । तर अफ्ठ्यारो परेको कोही पनि बालबच्चा बाँकी नरहुन् ।’

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले अनाथालयमा रहेका बालबालिकाहरुको माता,पिताको ठेगान नरहेकाहरुलाई अध्ययनसँगै विभिन्न समस्या आइरहेको बताउनु भयो । उनीहरुलाई सहज तरिकाले नागरिकता दिनुपर्ने बताउनु भयो ।
सांसद श्रेष्ठले भन्नुभयो, ‘कहीँ कतै अनाथालयमा बालबच्चाहरु छन् । आमाबाउको ठेगान छैन । ति त विशुद्ध नेपालको धर्तीमा, नेपालको भूमिमा जन्मिएर बाउ, आमा ठेगाना नभएर अनाथालय लगायत त्यस्तो ठाउँमँ बसिरहेका छन् । अब पढ्दै पढ्दै गयो, एसइइ पास ग¥यो अब उच्च शिक्षासहितको त्यो स्टेपमा जानको लागि उसँग नागरिकता नै छैन । यस्तो स्थितिमा गलत नहोस्, कोही विदेशीले नेपालको नागरिकता नपाओस् । कोही नेपाली नागरिक नागरिताबाट वञ्चित नहोस् । यो कुरा अलिकति जटिल छ ।’

कोही नेपाली नागरिक नागरिताबाट वञ्चित नहोस् भन्नेमा राज्य शतर्क रहनुपर्ने बताउनु भयो ।