१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अध्यक्षबीच छलफल हुँदै , दुबै पक्ष आ-आफ्नो अडानमा कायमै



अ+ अ-

काठमाडाैंः लगभग पार्टी विभाजनकाे मोडमा पुगेको नेकपामा अध्यक्ष  एबं प्रधानमन्त्री  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज आइतबार पनि छलफल हुँदैछ । बिहान १० बजे बालुवाटारमा हुने भनिएको छलफलमा पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल हुने  जनाइएको छ ।

शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आआफ्नो कित्ता स्पष्ट पार्न आग्रह गर्नुपछि राजनीतिक घटना नयाँ मोडमा पुगेको छ । दुबै पक्ष पार्टी फुटको अपजस आफूले लिन नचाहेको अवस्था तथा अर्को पक्षलाई गलाउने अभियानले समस्यालाई झनै गिजोल्दै गएको छ ।

ओली पक्ष पनि टसको मस नभएको अवस्था तथा ओली-इतर खेमा जुनसुकै हुर्मत लिएर भएपनि ओलीलाई हटाउने अभियानका कारण कठिन मोडमा पुगेको नेकपाका मुख्य दुई शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो । शनिबार पनि दुई अध्यक्षबीच छलफल हुने भनिए पनि आआफ्नै गुटगत छलफलका कारण हिजो वार्ता हुन सकेकाे थिएन ।