२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना कम्युनिष्ट नेता एवं नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँग भेटवार्ता गर्नुभएको छ ।

वनस्थलीस्थित सिंहको निवासमा आज भएको वार्तामा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको हो ।

भेटघाटका क्रममा उहाँहरूबीच यथास्थितिवाद, पुनःरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका अवसरवादी चरित्रले कम्युनिष्टमा आएको विचलनलाई न्यूनीकरण गर्ने, कम्युनिष्ट सिद्धान्त तथा सोही आदर्शलाई जीवन पद्धति बनाएका निष्ठावान् नेताहरुलाई एकताबद्ध गरी वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्ने, भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गरी देश विकास गर्नुपर्नेलगायत विषयमा छलफल गरिएको पूर्वप्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सम्मानित नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समस्या समाधान गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

महामन्त्री सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको लामो समयसम्म जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेकाले समाजवादको कार्यान्वयन महत्त्वपूर्ण हुने बताउनुभयो । रासस