९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेनरिक क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाको ब्याट्सम्यान हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।

क्लासेनले लेखेका छन्, “आज मेरो लागि दुखद् दिन हो किनकि म घोषणा गर्दछु कि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । म र मेरो परिवारको भविष्यको लागि के उत्तम हुन्छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो । यो साँच्चै धेरै गाह्रो निर्णय थियो, तर अब म यसबाट पूर्ण रूपमा सन्तुष्ट छु ।”

उनले ६० एकदिवसीय खेलमा ४३.६९ को औसतमा २१४१ रन बनाएका छन् । उनको उच्चतम स्कोर १७४ रहेको छ ।

यस्तै, उनले ५८ टी-२० अन्तर्राष्ट्रिय खेलमा १४१.८५ को स्ट्राइक रेटमा १००० रन बनाएका छन् ।

यसअघि क्लासेनले जनवरी २०२४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।