काठमाडौं । दक्षिण अफ्रिकाको ब्याट्सम्यान हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।
क्लासेनले लेखेका छन्, “आज मेरो लागि दुखद् दिन हो किनकि म घोषणा गर्दछु कि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । म र मेरो परिवारको भविष्यको लागि के उत्तम हुन्छ भनेर निर्णय गर्न मलाई धेरै समय लाग्यो । यो साँच्चै धेरै गाह्रो निर्णय थियो, तर अब म यसबाट पूर्ण रूपमा सन्तुष्ट छु ।”
उनले ६० एकदिवसीय खेलमा ४३.६९ को औसतमा २१४१ रन बनाएका छन् । उनको उच्चतम स्कोर १७४ रहेको छ ।
यस्तै, उनले ५८ टी-२० अन्तर्राष्ट्रिय खेलमा १४१.८५ को स्ट्राइक रेटमा १००० रन बनाएका छन् ।
यसअघि क्लासेनले जनवरी २०२४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।










