५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा चलेनन् गाडी, सास्ती व्यहोर्दै यात्रु (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौं उपत्यकामा आम नागरिकहरुले सास्ती व्यहोरेका छन् ।

सोमवारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमवार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति’को आह्वानमा सोमवारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् ।

काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ । यातायात ठप्प हुँदा आम नागरिकहरुको दैनिकी अस्तव्यस्त बनेको छ । कार्यालय जानदेखि आफ्नो कामको लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरु उभिएर सवारीसाधन कुरिरहेको देख्न सकिन्छ । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन शुरु गरेका हुन् ।