२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरका बीच कुखुराको मासु र अण्डाको मूल्य बढ्यो



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको कहरकै बिच कुखुराको मासु र अण्डाको मुल्य बढेको छ । 

हाल बजारमा जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० रुपैँया पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पुगेको व्यवसायीले बताएका छन् । कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँसम्म पुगेको छ । अहिले बजारमा जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको हो ।

गत सातासम्म मासु प्रतिकेजी ३ सय ६० र अण्डा क्रेटको ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको थियो । उत्पादनमा कमी आएपछि मुल्य बढाएको पोल्ट्री संघले जनाएको छ ।