३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र दाहालबीचको छलफल सकियो



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। आइतबार सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक डेढ घण्टा बसेर सकिएको हो ।

बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले सहजीकरण गरेका थिए। प्रधानमन्त्रीसँगको छलफल सहमति जुटाउने विषयमा केन्द्रित थियो। 

ओलीलाई भेट्नुअघि दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर पार्टी फुटाउने किसिमले कुनै पनि अध्यादेश नल्याउन सचेत गराएका थिए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब छ। पार्टी राजीनामाको चर्को दबाब आउन थालेपछि प्रधानमन्त्री ओली समस्यामा रहेका ओली राष्ट्रपतिसँग तीव्र परामर्शमा छन्।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।

यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए।