३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी छिट्टै घर घरमा पुर्याउने छौँ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । मेलम्चीको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । 

सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो । आज विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो । २ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनीसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताउनुभयो ।

परीक्षणका लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिउको उल्लेख गर्दै उहाँले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताउनुभयो । पूर्ण रुपमा भरिएको सुरुङ १० दिसम्म यथास्थितिमा राखिने छ ।

पानी भरिएकै दरमा खाली गर्न पुनः २० दिनको समय लाग्ने पनि उहाँले बताउनुभयो । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न ७ दिन लाग्ने छ । त्यसमा कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उहाँले बताउनुभयो । त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा काठमाडौंका लागि उपलब्ध हुने उहाँले बताउनुभयो । 

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्ची आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताउनुभयो । मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक टेष्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमा पानी पुरयाउने छौँ ।’’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ ।

सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो ।