४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसकाे ठहरः नेकपाभित्रकाे विवादकाे विषयमा हामी निरपेक्ष छौँ



अ+ अ-

काठमाडाैंः नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने , प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौँ ।’’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रशंगमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नु भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईलाई हटाउने जस्तो कुरा आइरहेको छ । हाम्रो तपाईसँग एक ढंगको असहमति छ । तपाईसँग विवाद पनि छ । अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो । त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन् । तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो ।’’

आज पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाट लगायतका विषयमा छलफल भइरहेको छ ।