१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

विद्युत् उत्पादन पूर्ण प्रतिस्पर्धामा

विद्युत् उत्पादन पूर्ण प्रतिस्पर्धामा
अ अ+ अ-

काठमाडौँ । सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ । विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ । दर्ता भए पनि विधेयक आगामी अधिवेशनमा पेस हुनेछ । ऊर्जा मन्त्री वर्षमान पुनका तर्फबाट विधेयक दर्ता भएको हो । सङ्घीय एकाइबीच विद्युत् आयोजनाको विकास, सञ्चालन तथा दायित्व बाँडफाँडको कानुनी आधार तय गर्न यो विधेयक ल्याइएको हो । विधेयकले हालको अनुमतिपत्र लिने व्यवस्थालाई परिमार्जन गर्नेछ । सबै आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धाका आधारमा हुनेछ । विधेयक पारितपछि आन्तरिकसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि पनि कानुनी मार्ग खोल्नेछ ।

विधेयक अनुसार नेपाल सरकार तथा सरकारको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका संस्थाद्वारा पहिचान भएका आयोजना प्रतिस्पर्धाबिना नै बन्न सक्नेछन् । नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको एकल वा संयुक्त लगानीमा विकास तथा सञ्चालन हुने आयोजनाको हकमा प्रतिस्पर्धा नहुने प्रस्ताव विधेयकमा गरिएको छ ।
प्रतिस्पर्धामा जाँदा प्रस्ताव आह्वान गर्नुपर्ने व्यवस्था छ । जसमा प्रतिस्पर्धाका आधार, आवश्यक पुँजी, प्राविधिक तथा व्यावसायिक क्षमता, अनुभव र योग्यता खुलाउनु पर्नेछ । सार्वजनिक सूचना तोकेर नै अनुमतिपत्रको प्रतिस्पर्धाको सूचना जारी हुनेछ । सूचना अनुसार तोकिएको सर्त पूरा गर्नेले आवेदन दिन सक्नेछन् ।

कसलाई कुन अधिकार ?
प्रस्तावित विधेयकले आयोजना विकास तथा सञ्चालन अनुमति९पत्रमा तीन तहकै सरकारको अधिकार क्षेत्र तोकेको छ । विधेयकले तीन मेगावाटसम्मको आयोजनाको अधिकार क्षेत्र स्थानीय तहमा हुनेछ । तीन मेगावाटभन्दा बढी २० मेगावाटसम्मका आयोजनाको अधिकार प्रदेश सरकारलाई हुनेछ । २० मेगावाटभन्दा बढी जडित क्षमता हुने नदी वा खोला दुई वा सोभन्दा बढी प्रदेशको सिमानामा पर्ने भएमा मन्त्रालयलाई उक्त अनुमतिपत्रको अधिकार क्षेत्र हुनेछ । बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजनासम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।
प्रस्तावित विधेयकमा एकभन्दा बढी कार्यका लागि एकै संस्थालाई अनुमति नदिने व्यवस्था छ । यस्ता कार्य भन्नाले विद्युत् उत्पादन, प्रसारण र वितरणलाई जनाउने गरी विधेयकलाई परिभाषित गरिएको छ ।

अनुमतिपत्रको समय तोकियो
प्रस्तावित विधेयकले अनुमतिपत्रको अवधि तोकेको छ । जलाशययुक्त आयोजनाको हकमा बढीमा ५० वर्षसम्म र अन्य प्रकृतिका आयोजनाको हकमा ४० वर्षको अवधि हुनेछ । विद्युत् प्रसारण, वितरण र व्यापार सेवाको हकमा २५ वर्षको अवधि हुनेछ । ग्राहक सेवाका लागि बढीमा पाँच वर्षको अवधि हुनेछ । विशेष परिस्थितिमा यस्तो अवधि पाँच वर्षसम्म थप हुनसक्ने छ ।
प्रस्तावित विधेयकले तोकिएको सर्त पूरा नगरेमा तथा कानुनविपरीत काम गरेमा अनुमतिपत्र खारेज हुनसक्ने व्यवस्था गरेको छ । तोकिएको सर्त पूरा नगरेमा पनि अनुमतिपत्र खारेज हुनसक्ने छ । साथै अनुमतिपत्रमा तोकिएका कार्य पूरा नगरेमा अनुमतिपत्र खारेज हुनसक्ने छ । तोकिएको समय र सर्त पूरापछि स्वामित्व हस्तान्तरणको प्रस्ताव विधेयकमा गरिएको छ ।
विद्युत् सेवालाई अविछिन्न सेवाका रूपमा विधेयकमा प्रस्तावित छ । वितरण भइरहेको विद्युत् सेवा बन्द गर्न नहुने विधेयकमा उल्लेख छ तर प्राविधिक कार्यका लागि सेवा आपूर्ति बन्द हुनेछ । महसुल नबुझाएमा आपूर्ति बन्द हुनसक्ने छ ।

विद्युत् आयोजनाको विकास तथा सञ्चालनका लागि नीतिगत निर्णय गर्न निर्देशक समिति रहने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयक अनुसार यस्तो समिति विभागीय मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा हुनेछ । योजना आयोगको ऊर्जा हेर्ने सदस्य निर्देशक समितिमा सदस्य रहनेछन् । ऊर्जा, वन तथा वातावरण, अर्थ, गृह, भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निर्देशक समिति सदस्य हुनेछन् । प्रस्तावित विधेयकले विद्युत्सम्बन्धी कसुरमा २० लाख रुपियाँसम्म जरिवाना हुनसक्ने व्यवस्था प्रस्ताव गरेको छ । गोरखापत्र दैनिक