२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो ओली-प्रचण्डबिचको छलफल, दुवैको आ-आफ्नै अडान कायम



अ+ अ-

काठमाडौँ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । अध्यक्षद्वयबीच सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै डेढ घण्टा वार्ता चलेको थियो ।

अध्यक्षद्वयबीच सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरेर ओली प्रचण्डले छलफल गरेका हुन् । यसअघि आइतवार पनि उनीहरूबीच लामो छलफल भएको थियो ।

अध्यक्षद्वयले सहमतिको प्रयास गर्ने भन्दै नेकपा बैठक असार १८ गतेदेखि स्थगित छ । शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए ।

ओलीले भने प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने गरी २०७६ मंसिरमा भएको निर्णयअनुसार त्यसलाई थप परिभाषित गरेर जाने प्रस्ताव राखेका थिए । दुवैले राखेका प्रस्तावमा एकअर्को पक्ष सहमत भइसकेको भने छैन ।