१५ असार २०८३, सोमबार
,
Latest
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा अबिनादर निर्वाचित



अ+ अ-

सान्तो डोमिङ्गो । क्यारेबियाली मुलुक डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता लुइस अबिनादर विजयी हुनु भएको छ । 

क्यारेबियाली मुलुकमा विगत १६ वर्षदेखि लगातार शासन गरेको डोमिनिकन लिबरेसन पार्टी ९पिएलडी० यसपटक पराजित भएको छ । पिएलडीका तर्फबाट लगातार दोस्रोपटक गोन्जालो कास्टिल्लो राष्ट्रपतिका उम्मेदवार हुनुहुन्थ्यो । राष्ट्रपतिका लागि यसपटक छ जनाको उम्मेदवारी परेको थियो ।

राजधानी सान्तो डोमिङ्गोस्थित पार्टी कार्यालय बाहिर भेला भएका समर्थकहरुलाई सम्बोधन गर्दै ५२ वर्षीय अबिनादरले भन्नुभयो, “हामीले चुनाब जितेका छौं, तर हामीलाई चुनावमा विजयी गराउने जनतालाई हामीले कहिल्यै भुल्नु हुँदैन ।”

उहाँका मुख्य प्रतिद्वन्द्वी कास्टिल्लोले चुनावमा आफू पराजित भएको स्वीकार गर्नु भएको छ । केन्द्रीय चुनाव आयोगका अनुसार करिब ६० प्रतिशत मतगणना भइसक्दा अबिनादरले करिब ५३ प्रतिशत मत प्राप्त गर्नु भएको छ । कास्टिल्लोले भने ३७ प्रतिशत मात्र मत प्राप्त गर्नु भएको छ ।

यस पटकको चुनावमा केही स्थानमा सत्तारुढ पार्टी र विपक्षी कार्यकर्ताबीच सामान्य झडप भएका छन् । राजधानीस्थित एक मतदान स्थलबाहिर दुबै पक्षका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । 

कोरोनाभाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहे पनि चुनाव सम्पन्न भएको छ । वर्तमान राष्ट्रपति डानिलो मेडिनाले लकडाउनका कारण पूर्व निर्धारित मितिभन्दा झण्डै एक महिनापछि मात्र चुनाव गराउनु भएको हो । डोमिङ्गोको संविधान बमोजिम डानिलो भने तेस्रो कार्यकालका लागि चुनावमा सहभागी हुन पाउनु भएको थिएन ।