९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्याली उत्सव

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्याली उत्सव
अ अ+ अ-

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा आज संयुक्त साइकल तथा घोेडा र्‍याली आयोजना गरिएको छ ।

जलवायु सङ्कटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पुर्‍याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा र्‍याली आयोजना गरिएको हो ।

घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङमा यहाँ सहभागी भएका गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक आयोजना गरिएको साइकल र्‍यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् । “हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो, दूरदराजमा रहेका गाउँलाई समेत साइकल तथा घोडा र्‍यालीले चिनाउने हाम्रो ध्येय हो”, अध्यक्ष लालचनले भन्नुभयो, “हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनुभएको छ, कार्यक्रममार्फत जलवायु सङ्कट न्यूनीकरण र कार्बन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौँ ।”

समुन्द्री सतहदेखि तीन हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागीहरू निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकलयात्रा गर्न आएको जानकारी दिनुभयो । यहाँको पर्यटन प्रवर्द्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको उहाँले बताउनुभयो । “हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउँनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु सङ्कट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो”, राइडर सापकोटाले भन्नुभयो ।

साईकल चढ्ने संस्कृतिले मानवस्वास्थ्य सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पुर्‍याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताउनुभयो । “हामी त १५० मिटरको उचाइमा थियौँ, यहाँको उचाइ त तीन हजारभन्दा बेसी रहेछ । केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यले सबै बिर्साइदिएको अनुभूति भएको छ”, उहाँले भन्नुभयो । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पुर्‍याउने मल्लको भनाइ छ ।

स्थानीय कर्म गुरुङले जलवायु सङ्कट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राख्नुभयो । “मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय जलवायु सङ्कटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष क्षति परिरहेको छ ।”

यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा ¥यालीको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।

गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दूरी तय गरिएको थियो । र्‍याली पाँचवटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिनुभयो । र्‍यालीमा ३६२ साइकल र ३० वटाभन्दा बढी घोडाको प्रयोग भएका थिए ।