२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

आईपीएल एलिमिनेटरः गुजरात र मुम्बई भिड्दै, जित्ने टोलि दोस्रो क्वालिफायर पुग्दा हार्ने बाहिरिने

आईपीएल एलिमिनेटरः गुजरात र मुम्बई भिड्दै, जित्ने टोलि दोस्रो क्वालिफायर पुग्दा हार्ने बाहिरिने
अ अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ को एलिमिनेटर खेल आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच हुँदैछ ।

खेल मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आज हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ भने विजेता टोलीले क्वालिफायर–२ मा पञ्जाब किंग्ससँग खेल्नेछ ।

दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघि उनीहरू २०२३ को क्वालिफायर–२ मा भिडेका थिए । जसमा गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो ।

आईपीएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच अहिलेसम्म जम्मा ७ खेल खेलिएका छन् । जसमध्ये गुजरातले ५ खेल जितेको छ भने मुम्बईले २ खेल मात्र जितेको छ । दुवै टोली सिजनमा तेस्रो पटक आमनेसामने हुनेछन् ।

यसअघिका दुई खेलमा गुजरातले दुवै पटक जितेको थियो । दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्नेछन् ।

मुम्बई इन्डियन्सले पाँचौं पटक एलिमिनेटर खेल खेल्दै
मुम्बई इन्डियन्सले पाँचौं पटक आईपीएल एलिमिनेटर खेल खेल्नेछ । यसअघि उसले २०११, २०१२, २०१४ र २०२३ मा एलिमिनेटर खेलेको थियो । यी सबै सिजनमा टोली उपाधि जित्ने त परको कुरा फाइनलसम्म पुग्न सकेन ।

२०११ र २०२३ मा एलिमिनेटर जितेको मुम्बई क्वालिफायर–२ मा हार्न पुग्यो । जबकि, २०१२ र २०१४ मा, यो एलिमिनेटरमा नै हारेर बाहिरिएको थियो । अर्कोतर्फ गुजरातले भने पहिलो पटक एलिमिनेटर खेल खेल्नेछ ।

मुम्बईको शीर्ष अर्डर उत्कृष्ट लयमा छ । पूर्व कप्तान रोहित शर्माले ३ अर्धशतक र १४७.५३ को स्ट्राइक रेटसहित ३२९ रन बनाएका छन् । सूर्यकुमार यादव यस सिजनमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले १६७.९७ को स्ट्राइक रेटमा ६४० रन बनाएका छन् ।

बायाँ हाते फास्ट बलर ट्रेन्ट बोल्टले एमआईबाट सबैभन्दा धेरै विकेट लिएका छन् । उनले १४ खेलमा १९ विकेट लिएका छन् । जसप्रीत बुमराहले अहिलेसम्म १० खेलमा १७ विकेट लिएका छन् ।

यस सिजनमा गुजरातका ओपनरहरू पनि उत्कृष्ट लयमा छन् । बायाँ हाते ब्याट्सम्यान साई सुदर्शन सिजन र टोलीको सर्वाधिक स्कोरर हुन् । उनले अहिलेसम्म १५५.३७ को स्ट्राइक रेटमा ६७९ रन बनाएका छन् । उनले यस सिजनमा ५ अर्धशतक बनाएका छन् । कप्तान शुभमन गिलले अहिलेसम्म ६ अर्धशतकसहित ६४९ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५६.३८ छ । गिल सिजनको दोस्रो सर्वाधिक स्कोरर हुन् ।

तीव्र गतिका बलर प्रसिद्ध कृष्ण सिजनमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनले अहिलेसम्म १४ खेलमा २३ विकेट लिएका छन् । यस अवधिमा उनको इकोनोमी रेट ७.९० रहेको छ । प्रसिद्ध सर्वाधिक विकेट लिने बलर चेन्नईका नूर अहमदभन्दा १ विकेट पछाडि छन् । टोलीमा मोहम्मद सिराज र इशान्त शर्मा जस्ता अनुभवी बलरहरू पनि छन् ।

महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालाको पिचले ब्याट्सम्यानहरूलाई मद्दत गर्छ । यहाँ अहिलेसम्म १० वटा आईपीएल खेल भइसकेका छन् । यहाँको उच्चतम टोली स्कोर २१९–६ हो, जुन पञ्जाबले यस सिजनमा चेन्नई सुपर किंग्स विरुद्ध बनाएको थियो ।

शुक्रबार मुल्लानपुरमा धेरै गर्मी हुने छैन । आज दिनभरि बादल लाग्नेछ । वर्षाको सम्भावना छैन । तापक्रम २६ देखि ३७ डिग्री सेल्सियस सम्म हुन सक्छ ।