२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मूल समारोह समितिले बिहीबार आयोजना गरेको ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट– २०२५’ का अवसरमा उहाँले पर्यटन नीति र पर्यटन ऐन छिट्टै ल्याइने सोही माध्यमबाट पर्यटन विकास गरिने उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले सरकारले नीति बनाएर निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानै विश्वास व्यक्त गर्नुभयो । सगरमाथा दिवसलाई आगामी दिनमा थप भव्य र गौरवमय बनाइने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा हिमालको संरक्षण तथा सरसफाइमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर कोशी प्रदेश अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथा नेपालको शान, मान र गौरव रहेको भन्दै यसको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पुरानो पर्यटन ऐनलाई संशोधन गरेर पर्वतारोहणसम्बन्धी कामलाई प्राथमिकतामा राखिनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘वल्र्ड समिटर्स समिट’ कार्यक्रममा कीर्तिमानी आरोहीहरूको समूहगत छलफल सत्र सञ्चालन गरिएको थियो । कीतिमानी आरोही मिङमा डेबिड शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, फुञ्जो लामा, कुञ्जाङ छोपेल शेर्पा, निमा रिञ्जी शेर्पा र दावा तेञ्जी शेर्पाले आरोहण अनुभव सुनाउनुभएको थियो ।

सरकारले पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गर्नुभयो । यो पुरस्कारको राशि रु एक लाख र कदरपत्र रहेको छ । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी (अध्ययन तथा अनुसन्धान) पुरस्कार शेर्पा बुकका लेखक प्रदीप बस्याल र अङ्कित अधिकारीलाई प्रदान गरियो भने तेञ्जिङ हिलारी (खोज तथा उद्धार) पुरस्कार लाक्पा नुर्बु शेर्पा र क्याप्टेन मौरिजियो फोलिनीलाई दिइएको छ ।

तेञ्जिङ हिलारी (कीर्तिमानी आरोही) पुरस्कार निमा रिञ्जी शेर्पा र पेमा डोमा महिला आरोही पुरस्कार लाक्पा शेर्पालाई प्रदान गरिएको छ । त्यसैगरी पर्वतीय पर्यटन र पर्वतारोहणका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ । रासस