९ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी आक्रमणका बेला जङ्गलमा गएका थिए युक्रेनका किसान, बाहिर आउनेबित्तिकै बने अर्बौंको मालिक !



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीचको युद्धले खतरनाक मोड लिएको छ । फेब्रुअरी २४ बाट सुरु भएको दुई देशबीचको युद्ध अझै समाप्त हुने देखिँदैन । रुसको आक्रमणले युक्रेनमा विनाश मच्चाएको छ । यी आक्रमणहरूमा १५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

युक्रेनको दाबी अनुसार यस युद्धमा रुसी सैनिक पनि मारिएका छन् । यस युद्धको बीचमा, युक्रेनका एक किसानको भाग्य खुल्न पुगेको छ । सामाजिक सञ्जालमा यी किसानको कथा भाइरल भइरहेको छ । 

रुसी आक्रमणको बेला, एक युक्रेनी किसान हिड्न जंगलमा गए। सबैभन्दा अचम्मको कुरा के छ भने किसान जङ्गलबाट निस्केपछि १५ अर्ब रुपैयाँको मालिक बनेका थिए । जंगल भित्र, किसानले रूसी सेनाको ट्यांक भेट्टाए, जुन उनले लुटे । रुसको मिलिटरी ट्याङ्क चोरेर यी किसान अर्बौंको मालिक बने । 

सामाजिक सञ्जालमा भाइरल भएको तस्विरमा किसान ट्याङ्कीमा सवार रहेको देखिन्छ । रुसले युक्रेनमा आक्रमण गर्दा गरिब किसान जंगलमा गएका थिए । उनी अर्बौंको ट्याङ्की लिएर जंगलबाट निस्किएका हुन् ।

यो ट्याङ्की मिसाइल मार्फत आक्रमण गर्न सकिन्छ। उक्त व्यक्तिले यो ट्याङ्की आफ्नो घर बाहिर पार्क गरेको बताउँछन् । कृषकको खबर ट्विटरमा ओरिक्स नामको अकाउन्टबाट सेयर गरिएको छ ।

यस समाचारमा उक्त किसानको नाम इगोर रहेको बताइएको छ, जो हरेक बिहान जङ्गलमा घुम्न जाने गर्थे । एक दिन बिहान जङ्गलबाट आउँदा रुसी सेनाको 9K330 Tor SAM ट्याङ्क लिएर आए । उनले यो ट्याङ्की जंगलमा फेला पारेका थिए । यसपछि गरिब किसान अर्बपति बने । इगोरले फेला पारेको ट्याङ्कीको नाम 'द टोर' हो । यो ट्याङ्की सोभियत संघमा निर्माण गरिएको हो जुन निकै शक्तिशाली छ ।

यो ट्याङ्की धेरै शक्तिशाली छ । यसलाई मध्यम र छोटो दुरीमा सतहबाट हावामा मार हान्न सक्ने मिसाइलहरूद्वारा आक्रमण गर्न सकिन्छ । यो प्रयोग गरेर हेलिकप्टर, लडाकु विमान, मिसाइलहरू नष्ट गर्न सकिन्छ।