६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानको राजधानीमा हैजाको प्रकोप, २ दिनमा ७० जनाको मृत्यु



अ+ अ-

एजेन्सी । सुडानको राजधानीमा हैजाको प्रकोपले दुई दिनमा ७० जनाको ज्यान लिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । खार्तुमले आधारभूत सेवाहरूको पतनका बीच द्रुत गतिमा फैलिएको महामारीसँग लडिरहेको छ ।

खार्तुम राज्यको स्वास्थ्य मन्त्रालयले मङ्गलबार एक हजार एक सय ७७ सङ्क्रमित र ४५ जनाको मृत्यु भएपछि बुधबार नौ सय ४२ नयाँ सङ्क्रमण र २५ जनाको मृत्यु भएको जनाएको छ ।

अर्धसैनिक द्रुत समर्थन बल ९आरएसएफ० ले राजधानीभरि पानी र बिजुली आपूर्ति बन्द गरेको आरोप लगाएको ड्रोन आक्रमणको केही हप्तापछि सङ्क्रमणमा वृद्धि भएको हो ।

सेना समर्थित सरकारले गत हप्ता आरएसएफ लडाकुहरूलाई अर्धसैनिक बलहरूबाट राजधानीको मुटु पुनः प्राप्त गरेको दुई महिनापछि खार्तुम राज्यमा उनीहरूको अन्तिम स्थानहरूबाट विस्थापित गरेको घोषणा गरेको थियो ।

ग्रेटर खार्तुम अघिल्लो दुई वर्षको धेरैजसो समयमा युद्धक्षेत्र बनेको थियो भने आवास र पूर्वाधारमा व्यापक क्षति भएको थियो ।

हैजाको प्रकोपले पहिले नै अभिभूत स्वास्थ्य सेवा प्रणालीमा थप दबाब बढाएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबारसम्मको हप्तामा एक सय ७२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये ९० प्रतिशत खार्तुम राज्यमा भएको थिए ।

अधिकारीहरूका अनुसार आइसोलेसन सेन्टरमा रहेका ८९ प्रतिशत बिरामी निको भइरहेका छन् । तर उनीहरूले वातावरणीय अवस्था बिग्रँदै गएकाले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको चेतावनी दिएका छन् ।

अर्धसैनिक बल र नियमित सेनाबीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र एक करोड ३० लाखलाई विस्थापित गरेको छ । यसलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटका रूपमा वर्णन गरेको छ ।

द्वन्द्वका मुख्य युद्धक्षेत्रहरूमा ९० प्रतिशतसम्म अस्पतालहरू लडाइँका कारण सेवाबाट बाहिर हुन बाध्य भएका छन् ।