२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू



अ+ अ-

काठमाडौं । गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउन काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ ।

बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू आ-आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपतर्फ जादैछन् ।

प्रदर्शनको क्रममा उनीहरुले गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ ।

भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।्

एमालेको कार्यक्रम सकिएलगत्तै राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादीहरुले २ बजेपछि प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । साथै, प्रदर्शनको क्रममा कुनै अप्रिय घटना नहोस् र निषेधित क्षेत्रमा प्रवेश नहोस् भनेर त्यसै अनुसारको सुरक्षा योजना बनाएर सुरक्षा जनशक्ति परिचालन गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिए ।