२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्‍वले गौरव गर्ने बताएका छन् । बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटनमन्त्री पाण्डेले भने,“सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्‍वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्‍यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौ ।”
उनले जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरु कालापत्थरमा परिणत हुने जोखिम बढेको बताएका छन् ।

उनले भने, “सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र होइन, हिमवत खण्डलाई मात्र होइन सिंगो पृथ्वीलाई नै असर गर्छ । त्यसकारण नेपालको समस्या मात्र होइन भन्‍ने कुरा बुझाउन हामीले विश्‍वभरका हिमाल र जलवायु बुझेका मानिसहरुलाई बोलाएर छलफल गरेका छौं ।”

सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराएका छन् । सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरुभएको झाँकी, ब्याण्डबाजासहितको र्‍याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधकरणको उल्लेख्य उपस्थिति थियो ।

यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, वरिष्ठ प्रबन्धक उदय भट्टराईले माल्यापर्ण गरेका हुन् ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रुपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।

दिवसको अवसरमा आज विहान प्रभातफेरीसहित वसन्तपुरमा औपचारिक क्रार्यक्रम गरियो भने दिउँसो दिवस मूल समारोहसमितिले ‘वर्ल्ड समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने समारोहमा कीर्तिमानी आरोहीका अनुभव आदन–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकणबारे बहस हुनेछ । यससँगै विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।