९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

जेठ १५ को कार्यक्रमबारे प्रधानमन्त्रीको अभिव्यक्ति पार्टी अध्यक्षको हैसियतमा आएको होः एमाले

जेठ १५ को कार्यक्रमबारे प्रधानमन्त्रीको अभिव्यक्ति पार्टी अध्यक्षको हैसियतमा आएको होः एमाले
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन उत्सवका रुपमा मनाउन लागिएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतन्त्रलाई सरकार र गणतन्त्र स्थापनामा भुमिका खेल्ने पार्टीहरुले समेत उत्सवको रुपमा मनाउनुपर्ने बताउनु भयो । एमालेले गणतन्त्रलाई उत्सवको रुपमा रक्षात्मक भएर नभई यसको महत्व स्थापित गर्नको लागि मनाउन लागेको जिकिर गर्नुभयो । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रश्तुत गर्ने दिन नै गणतन्त्र दिवस पर्ने गरेको कारण राज्यको उपस्थिति कमजोर भएको भन्दै महासचिव पोखरेलले यसमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई उत्सवको रुपमा आयोजना गर्ने कुरा सरकार र गणतन्त्र ल्याउने पार्टीले पनि गर्नुपर्दछ । उत्सव मनाउने कुरा रक्षात्मक केन्द्रित भएर होइन । त्यसको महत्वलाई स्थापित गर्नको लागि हो भन्ने कुरालाई बुझ्नुपर्दछ । बजेट प्रश्तुत गर्ने दिन भएको कारणले राज्य जुन प्रभावकारी ढंगले सामेल हुनुपथ्र्यो त्यति हुन नसकेको कुरा हामीले अनुभुति गरेको र त्यसमा पनि भविष्यमा सुधार गर्नुपर्ने भएको हुनाले हो पार्टीले उत्सव मनाउने भनेको हो । यसलाई वाध्यताको रुपमा नबुझौँ ।’

उहाँले पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेको कार्यक्रमबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीको रुपमा नभई पार्टी अध्यक्षको रुपमा दिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री  ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै सोही अनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । महासचिव पोखरेलले पार्टीको भेलामा पार्टीको नीति बोलेको उल्लेख गर्दै भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभायो, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै जना हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको रुपमा राज्यका नीति बोल्नुहुन्छ, अध्यक्षका रुपमा पार्टीका नीति बोल्नुहुन्छ । कहिले काँही हामी के भ्रममा पर्दछौँ भने पार्टीको भेलामा पनि पार्टी नीति बोल्दा पनि प्रधानमन्त्रीले राज्यकै नीति बोल्नुभयो भन्ने अर्थमा बुझ्ने गर्छौं । पार्टीका आन्तरिक भेलामा उहाँले पार्टी नीति बोल्नुभएको छ ।’

महासचिव पोखरेलले प्रधानमन्त्री बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुपरेको कारण मानव अधिकार आयोगको कार्यक्रममा उपस्थित हुन नसकेको समेत स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विज्ञप्ति जारी गरेको कारण प्रधानमन्त्रीले कार्यक्रम बहिस्कार गरेको हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ । उहाँले भुमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार राख्न आयोगलाई सुझाव समेत दिनुभयो ।
उहाँले भन्नुभायो, ‘प्रधानमन्त्री बजेट अधिवेशनको समयमा हुनुहुन्छ । बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुहुन्छ । त्यही बेलामा राजनीतिक दलहरुको बीचमा विवाद र बहसहरु भइरहेको बेला राजनीतिक संवाद र छलफल गर्नुपर्ने हुन्छ । राज्यका सबै कार्यक्रमहरुमा समय दिन गाह्रो हुन्छ । यसअर्थमा कुनै कार्यक्रममा उपस्थित हुन नसकेको अवस्थामा बहिस्कारको अर्थमा बुझ्नु हुदैन । यद्धपी मानव अधिकार आयोगको भूमिकाको सम्बन्धमा आयोगले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार हुनुपर्छ भन्ने कुरामा उसको ध्यान पुगेकै होला । त्यो विषयमा थप भन्नुपर्छ भन्ने लाग्दैन ।’

जनताको बढ्दो आकाङ्क्षा र अपेक्षाका आधारमा काम हुन नसकेको स्वीकार्दै गणतन्त्रवादी दलहरु राज्यको समृद्धिमा हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।