२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ १५ को कार्यक्रमबारे प्रधानमन्त्रीको अभिव्यक्ति पार्टी अध्यक्षको हैसियतमा आएको होः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनताको खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन उत्सवका रुपमा मनाउन लागिएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतन्त्रलाई सरकार र गणतन्त्र स्थापनामा भुमिका खेल्ने पार्टीहरुले समेत उत्सवको रुपमा मनाउनुपर्ने बताउनु भयो । एमालेले गणतन्त्रलाई उत्सवको रुपमा रक्षात्मक भएर नभई यसको महत्व स्थापित गर्नको लागि मनाउन लागेको जिकिर गर्नुभयो । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रश्तुत गर्ने दिन नै गणतन्त्र दिवस पर्ने गरेको कारण राज्यको उपस्थिति कमजोर भएको भन्दै महासचिव पोखरेलले यसमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रलाई उत्सवको रुपमा आयोजना गर्ने कुरा सरकार र गणतन्त्र ल्याउने पार्टीले पनि गर्नुपर्दछ । उत्सव मनाउने कुरा रक्षात्मक केन्द्रित भएर होइन । त्यसको महत्वलाई स्थापित गर्नको लागि हो भन्ने कुरालाई बुझ्नुपर्दछ । बजेट प्रश्तुत गर्ने दिन भएको कारणले राज्य जुन प्रभावकारी ढंगले सामेल हुनुपथ्र्यो त्यति हुन नसकेको कुरा हामीले अनुभुति गरेको र त्यसमा पनि भविष्यमा सुधार गर्नुपर्ने भएको हुनाले हो पार्टीले उत्सव मनाउने भनेको हो । यसलाई वाध्यताको रुपमा नबुझौँ ।’

उहाँले पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेको कार्यक्रमबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीको रुपमा नभई पार्टी अध्यक्षको रुपमा दिएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री  ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै सोही अनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । महासचिव पोखरेलले पार्टीको भेलामा पार्टीको नीति बोलेको उल्लेख गर्दै भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभायो, ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै जना हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको रुपमा राज्यका नीति बोल्नुहुन्छ, अध्यक्षका रुपमा पार्टीका नीति बोल्नुहुन्छ । कहिले काँही हामी के भ्रममा पर्दछौँ भने पार्टीको भेलामा पनि पार्टी नीति बोल्दा पनि प्रधानमन्त्रीले राज्यकै नीति बोल्नुभयो भन्ने अर्थमा बुझ्ने गर्छौं । पार्टीका आन्तरिक भेलामा उहाँले पार्टी नीति बोल्नुभएको छ ।’

महासचिव पोखरेलले प्रधानमन्त्री बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुपरेको कारण मानव अधिकार आयोगको कार्यक्रममा उपस्थित हुन नसकेको समेत स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विज्ञप्ति जारी गरेको कारण प्रधानमन्त्रीले कार्यक्रम बहिस्कार गरेको हल्लामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ । उहाँले भुमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार राख्न आयोगलाई सुझाव समेत दिनुभयो ।
उहाँले भन्नुभायो, ‘प्रधानमन्त्री बजेट अधिवेशनको समयमा हुनुहुन्छ । बजेट निर्माणको प्रक्रियामा व्यस्त हुनुहुन्छ । त्यही बेलामा राजनीतिक दलहरुको बीचमा विवाद र बहसहरु भइरहेको बेला राजनीतिक संवाद र छलफल गर्नुपर्ने हुन्छ । राज्यका सबै कार्यक्रमहरुमा समय दिन गाह्रो हुन्छ । यसअर्थमा कुनै कार्यक्रममा उपस्थित हुन नसकेको अवस्थामा बहिस्कारको अर्थमा बुझ्नु हुदैन । यद्धपी मानव अधिकार आयोगको भूमिकाको सम्बन्धमा आयोगले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र संविधानअनुसार हुनुपर्छ भन्ने कुरामा उसको ध्यान पुगेकै होला । त्यो विषयमा थप भन्नुपर्छ भन्ने लाग्दैन ।’

जनताको बढ्दो आकाङ्क्षा र अपेक्षाका आधारमा काम हुन नसकेको स्वीकार्दै गणतन्त्रवादी दलहरु राज्यको समृद्धिमा हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।