२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक शान्ति सुरक्षा कायम गर्ने निकाय र मानवअधिकार आयोगलाई नागरिक समाजको आह्वान



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले देशको शान्ति सुरक्षा कायम गर्न र मानवअधिकारको प्रत्याभूति सुनिश्चित गर्न माग गरेका छन् ।

जेठ १५ गतेदेखि राजावादी समूहले गर्न लागेका आन्दोलन र त्यो आन्दोलन रोक्न पुरै काठमाडौंमा एमालेको नियन्त्रणमा राख्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति चिन्ता व्यक्त गर्दै नागरिक समाजका अगुवाहरुले विज्ञप्ति जारी गरी शान्ति सुरक्षा कायम गर्ने निकायलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

उनीहरुले मानवअधिकार आयोगलाई पनि घटनाहरुको मिहीन ढंगबाट अध्ययन र अनुगमन गर्न सुझाव दिएका छन् ।

नागरिक समाजका अगुवाहरु जगत भ्ुसाल, प्रभाकर शर्मा, सुकदेव खत्रीलगायतले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई उत्तेजना फैलाउने र मुलुकलाई हिंसातर्फ डोर्‍याउने काम नगर्न आग्रह गरिएको छ ।