पोखरा। राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट क्षितिज थेबे अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी तथा वर्तमान महासचिव सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरेका हुन्।
थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याएका थिए। निर्वाचनमा कुल १,७६४ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। मतदानमा कोशीबाट सबैभन्दा बढी १८५ मत खसेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालको समर्थन पाएका थेबेले कार्यकाल दोहोर्याएका छन्। यसपटक युवासंघमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको एमालेको पहिलो जनसंगठन बनेको छ।









