२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको थाक्रेस्थित पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द



अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि सवारी आवागमन ठप्प भएको छ ।

पुलमा क्षति भएपछि काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडीहरु बीच बाटोमै रोकिएका बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । अहिले डाइभर्सनको काम सुरु गरिएको छ ।

सोताङ खोलामा नयाँ पुल निर्माणको काम भइरहेको छ । नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान गरिएको छ ।