३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रा.डा. शेरचनलाई ‘हेल्थ रिसर्च लाईफटाइम एचिभमेण्ट एवार्ड’



अ+ अ-

काठमाडौं । आफ्नो जीवनको चार दशकभन्दा बढी समय विभिन्न सरुवा तथा संक्रामक रोग र विभिन्न प्रकारका परजीविहरुबारे सफल अनुसन्धान गर्दै आएका वरिष्ठ वैज्ञानिक प्राध्यापक डा।जीवन शेरचनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वर्ण पदक र ताम्रपत्रसहितको ‘हेल्थ रिसर्च लाईफटाइम एचिभमेण्ट एवार्ड २०२०’बाट सम्मान गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा सोमबार र मंगलबार आयोजना गरेकोदुई दिने डिजिटल ‘नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौं राष्ट्रिय सम्मेलन’ समापनका अवसरमा प्रा.डा. शेरचनलाई सो एवार्ड प्रदान गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल,नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष प्रा.डा. अन्जनी कुमार झा, परिषद्का प्रमुख कार्यकारी अधिकृत एवम् सदस्य सचिव डा. प्रदीप ज्ञवालीले प्रा.डा. शेरचनलाई सो एवार्ड प्रदान गरेका थिए । रामशाहपथस्थित परिषदको हलमा सो एवार्ड प्रदान गरिएको हो । त्यस अवसरमा परिषद्का उत्कृष्ट कर्मचारी तथा विदेशमा बसेर विभिन्न विषयको अनुसन्धान गर्ने ३ जना नेपालीलाई पनि सम्मान गरिएको थियो । 

नेपाल सरकारले केही दिनअघि मात्रै नमुनाको रुपमा नेपालमा पहिलोपल्ट शुरु गरेको रोटा भाइरस खोपको सफल अनुसन्धान पनि प्रा.डा.शेरचनले स्वास्थ्य मन्त्रालयको वाल स्वास्थ्य महाशाखा, विश्व स्वास्थ्य संगठन र युनिसेफसंगको सहकार्यमा १० वर्ष लगाएर गरेका थिए ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको सुक्ष्मरोग विभाग तथा जनस्वास्थ्य प्रयोगशालाको प्रमुखबाट हालैमात्र सेवा निवृत्त भएका प्रा।डा। शेरचनले यसअघि पनि स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा ३५ हजार नगदसहितको विशिष्ट अनुसन्धान पुरस्कारको साथै विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नास्ट’बाट ५० हजार राशी सहितको युवा वैज्ञानिक प्रविधि प्रवन्धन पुरस्कार पनि पाएका थिए ।