३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्वयम्भूमा ‘सागा धावा’ पर्व सुरु (फोटो फिचर)

स्वयम्भूमा ‘सागा धावा’ पर्व सुरु (फोटो फिचर)
अ+ अ-

काठमाडौं । बौद्धधर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक पर्व सागा धावा पर्व सुरु भएको छ । आजबाट सुरु भएको पर्व १५ दिन सम्म चल्ने छ । यो पर्व चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ ।

यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू परिक्रमा गर्ने , दीन दुखी लाई दान गर्ने गरिन्छ ।

सागा भनेको आकाशका तारामध्ये एउटा प्रमुख ताराको नाम हो । यो तारा प्रमुख ताराको रुपमा भोलिदेखि झुल्किने गर्दछ । धावा भनेको महिनाको नाम हो । त्यसैले यो महिनालाई सागा धावा भनिन्छ ।

यो महिनामा सबै गुम्बाहरुमा ठूलाठूला पुजापाठ, साधना, अभिषेक (वाङ) मौनव्रत (ङ्युङने) जस्ता धार्मिक कार्यक्रमहरु हुने गर्दछन् । यो विशेषगरी स्वदेश तथा विदेशमा रहेका बौद्ध गुम्बाहरुले आयोजना गर्ने गर्छन् । यो महिनामा हामीले जति धर्म, पुण्य र पाप कर्म गर्छौँ त्यसको सय गुना धर्म र पापको फल प्राप्त हुने बौद्ध धर्मका धर्मशास्त्रमा उल्लेख गरेको छ ।

त्यसैले यो एक महिना सकेसम्म राम्रो कर्म गरी पुण्य कमाउन र पाप कर्म नगर्न यो पर्वले विशेष आग्रह गर्दछ । प्रत्येक मानवले रक्सी, जाँड, मदमदिरा, माछा, मासु, चुरोट, सुर्तीको सेवन त्याग्न सकेमा अति उत्तम हुने बताइएको छ।

यो महिनामा पुण्य गरे धेरै ठूलो पुण्य र पाप गरे ज्यादै ठुलो पाप कर्म भोग्नु पर्ने बौद्ध धर्मशास्त्रमा उल्लेख छ । विशेषगरी यो महिनाको अष्टमी, दशमी, पूर्णिमाको २५ औँ तिथि दशमी र औँसीको दिनमा सोज्योङ व्रत बस्न सके जो कोहीले अधिक पुण्य प्राप्त गर्ने बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख छ ।

यो एक महिना भुटान, सिक्किम र तिब्बतमा काटमार गर्ने र माछा, मासु बेच्ने सबै कार्य बन्द हुने गर्दछ ।

यस अवधिमा प्राण हत्या, चोरी, व्यभिचार, झुटो बोल्ने, फजुल गफ जस्ता १० अकुशल कार्य पालना गर्न सके अपार पुण्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

तथागत बुद्धको आशिर्वाद, सम्पूर्ण प्राणी जगत्को भलाइ, चिर सुख, शान्ति, समृद्धि, निरोगी, दीर्घायु तथा क्रमश: आफूले चिताएबमोजिम सम्पूर्ण कार्य पूरा हुँदै आउने शास्त्रमा उल्लेख छ ।