काठमाडौँ। सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।
शिक्षा मन्त्रालयका सचिव उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएका छन् भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याल शिक्षा मन्त्रालयमा पुगेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य मन्त्रालयमा प्रदेश सचिव महादेव पन्थलाई ल्याइएको छ।
त्यस्तै, राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सना नियुक्त गरिएको छ।










