२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्ग्जाको घले हार्भेष्टिङ्गले उचाल्यो “प्रथम रानीबन कप” भलिबलको ट्रफि



अ+ अ-

-हिरालाल श्रेष्ठ
काठमाण्डौं। “रानीबन भलिबल ग्रुप”को आयोजनामा सञ्चालन भएको “प्रथम रानीबन कप” खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८२ को प्रथम ट्रफि विरूवा, स्याङ्ग्जाको घले हार्भेष्टिङ्गले उचाल्न सफल भएको छ। प्रथम टोलिले नगद रू. १,०१,०००।०० सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ।

द्वितीय स्थान हासिल गर्ने थाहा नगरपालिका, वडा नं. ७, मकवानपुरको सल्ले राम्चे युवा क्लबले नगद रू. ५१,०००।०० सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ भने तृतीय स्थान हासिल गर्ने रोएल ग्लोबल कुरिएर टिमले नगद रू. २६,०००।०० सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ।

जेठ ९ गते देखि सुरु भएको खेल शनिबार र आईतबार दिउँसोको बर्षातको कारण दुईदिन ढिला सम्पन्न हो। शनिबार दिउँसो क्वार्टर फाईनल र तेश्रो दिन आईतबार फाईनल खेल चलिरहँदा बर्षातको कारण सञ्चालन भईरहेको फाईनल खेलको तेश्रो सेट खेल सकिनै लाग्दा बेलुकी ६:३० मा रोक्नु परेको थियो।

स्वयंसेवकहरूको मद्तले खेल मैदानमा जमेको वर्षातको पानी तर्काएपछि दुबैदिन ५:३० बजेबाट पुन: खेल सुरूवात भएको थियो। सहज रुपमा खेल सञ्चालनको लागि काठ फर्निचरबाट काठको धुलो ल्याएर खेल मैदानमा राख्नु परेको थियो।

प्रतियोगितामा क्रिएटिभ सरसफाई प्रा.लि., जिमि ग्रुप, सुनिल भ्लग, छहरी युवा समाज, उपभोक्ता समिति, बुठानीलकण्ठ युवा टिम, स्पोर्ट्स हब नेपाल प्रा.लि., चण्डेश्वरी युवा क्लव, मनास्लु युवा क्लव लगायत १४ टिमको सहभागिता थियो।

खेलमा सहभागी प्रत्येक टिमले प्रवेश शुल्क वापत रू. ८,०००।०० बुझाउनु पर्ने थियो। विजेताको लागि प्रथम पुरस्कार आयोजकबाट; दोश्रो पुरस्कार बाग्लुङ्ग जिल्ला घर भई हाल नागार्जुन नगरपालिका वडा नं. २, निवासी पोख बहादुर चोखाल; तृतीय पुरस्कार श्री सिद्धि गणेश टोल सुधार समिति, सिलण्डोल, सानो भर्याङ्ग, वडा नं. २, ईचङ्गु; तथा स्थानीय निवासीबाट ट्रफिको लागि सहयोग प्रदान गर्नुभएको थियो।

खेल प्रतियोगिता नागार्जुन नगरपालिका, वडा नं. २, रानीबन त्रिवेणी चोकस्थित खेल मैदानमा भएको थियो। विजयी टिमहरूलाई आयोजक रानीबन भलिबल ग्रुपका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, सहयोगदाताहरूबाट ट्रफि, मेडल तथा प्रमाण-पत्र वितरण गर्नु भएको थियो।

खेल प्रतियोगिताको क्रममा गोरखाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र बजागाँई, स्थानीयबासी, दर्शकदीर्घामा उपस्थित शुभचिन्तक जनसमुदाय लगायत देश-विदेशका भलिबल खेलप्रेमी नेपालीहरूबाट सहयोग प्राप्त भएको नगद तथा जिन्सी सहयोग बारेमा बिचबिचमा जानकारी गराईएको थियो।