३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

थारु समुदायका एक हजार आठ सयको रगत परीक्षण

थारु समुदायका एक हजार आठ सयको रगत परीक्षण
अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट यहाँका थारु समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेकोे छ ।

सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका थारु समुदायको बसोबास रहेका छ वटा वडामा रगत परीक्षण गरिएको थियो । जसमा १९७ जनामा सिकलसेल एनिमिया ‘पोजेटिभ’ देखिएको छ । “थारु समुदायलाई लक्षित गरेर यहाँका दुई पालिकाका छ वटा वडामा नि:शुल्क रगत परिक्षण गरेका थियौँ”, भट्टले भन्नुभयो ।  उहाँले रगत परीक्षण गर्दा पोजेटिभ देखिएका नमूनालाई धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको बताउनुभयो ।

“पोजेटिभ देखिएका व्यक्तिहरुको रगतको अन्तिम जाँच गरी सिकलसेल एनिमिया भए/नभएको पुष्टि हुन्छ”, भट्टले भन्नुभयो, “जाँचको अन्तिम रिपार्ट आउन समय लाग्छ ।”

उहाँका अनुसार पुनर्वास नगरपालिका–१ मा ४१४ जनाको परीक्षण गर्दा ३४ जनामा पोजेटिभ देखिएको थियो । पुनर्वास नगरपालिका–५ मा २६५ जनाको परीक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरि पुनर्वास नगरपालिका–११ मा २९७ जनाको परीक्षण गर्दा ४४ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–२ मा २४७ जनाको परीक्षणमा ३५ जनामा पोजेटिभ देखिएको छ । भीमदत्त नगरपालिका–१४ मा २८६ जनाको परीक्षण गर्दा २७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरि भीमदत्त नगरपालिका–१९ मा ३३३ जनामा परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको छ ।

नेपालमा खास गरी थारु समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । केही समय अघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल पुष्टि भएको थियो ।

सिकलसेल भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुचा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन । सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका कोषाध्यक्ष कुमारीलक्ष्मी चौधरीले थारु समुदायमा सिकलसेल रोग चुनौतीका रुपमा रहेको बताउनुभयो । “हाम्रो समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको उच्च जोखिम छ”, चौधरीले भन्नुभयो, “सरकारले यसको निवारणका लागि समुदायस्तरमा स्वास्थ्य परीक्षणमा जोड दिनुपर्छ ।”

थारु समुदायमा १००को रगत परीक्षण गर्दा २० जनाको पोजेटिभ देखा परिरहेको खुसी चौधरीले जानकारी दिनुभयो । “थारु समुदायमा यो रोग गम्भीर समस्याका रुपमा छ, विशेष गरी महिलामा बढी देखिएको छ”, चौधरीले भन्नुभयो, “पहिला त धनगढी मात्रै परीक्षण हुन्थ्यो सरकारले अहिले वडा वडामा परीक्षण गरिरहेको छ, यसले रोग निवारणमा सहयोग पुग्छ ।”  रासस