२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतबाट तराई जोड्ने मूलपानी–भुरीगाउँ सडक शिलान्यास



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।

सुरुआती विन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज उहाँले शिलान्यास गर्दै उहाँले यस कार्यले दोस्रो खण्डको जग्गा भोगाधिकार, रूख कटान तथा रानीघाटमा निर्माणाधीन अवस्थामा रहेको पुल बनाउन दबाब पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णालीका नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने छ । यो सडक विगतमा सिङ्गो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो । यसको पूर्णताले बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिन्छ । जसबाट यहाँको समृद्धिमा ठूलो टेवा पुग्नेछ ।”

सडक निर्माणसम्पन्न गरेर चितवनको देवघाट जस्तै सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्नेगरी प्रदेश सरकार अगाडि बढेको बताउँदै मुख्यमन्त्री कँडेलले तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले दोस्रो खण्ड रानीघाट–तेलपानी–भुरीगाउँ खण्डमा जग्गा भोगाधिकार, रूख कटान र रानीघाटस्थित भेरी नदीमा पुल निर्माणका सन्दर्भमा प्रदेश सरकार लागिपरेको जनाउनुभयो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले रु ३२ करोड बजेटको स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । कुल रु १० किमी सडकमध्ये सात किमी  सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको छ ।

विसं २०८३ पुस ३० गते सम्पन्न गर्नेगरी रु ३२ करोडको उक्त बजेट घटेर भ्याटसहित रु १८ करोड ५२ लाख २३ हजार ८५१ लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मूलपानी–रानीघाट सडकको दूरी १० किमीमध्ये मूलपानीदेखि फलाटेसम्मको तीन किमी सडक भने कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको छ ।

आर्थिक वर्ष २०७६÷७७ देखि कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको यो सडकको प्रगति अपेक्षित छैन । उक्त आवदेखि दुई खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का गरिएअनुसार पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किमी सडक स्तरोन्नतिका लागि विसं २०७६ पुस ९ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शङ्कर निर्माण कम्पनीबीच रु १० करोड २६ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ फागुन ८ गते निर्माणसम्पन्न गर्नुपर्ने समयावधि तोकिए पनि उक्त सडकले अझै पूर्णता पाउन सकेको छैन ।

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरबाट बर्दियाको भुरीगाउँ जोड्ने सडकको दूरी ५१ किमी छ । यो सडकको निर्माण कार्य सम्पन्न भएमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टामै पुग्न सकिनेछ । रासस